काठमाडौ- नेकपा एमालेकी पोलिटव्यूरो सदस्य एवं साँसद निरुदेवी पालले पनि प्रदेश संरचना खारेजीको माग गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पालले प्रदेश संरचना देशलाई घाँडो भएको बताउनुभएको छ । पालले प्रदेश संरचना जनताका लागि भन्दा पनि नेता र उनका आसेपासे पाल्नका लागि मात्र प्रदेश संरचना खडा गरिएको उल्लेख गर्नुभएको छ ।
पालले प्रदेशको खारेजीसँगै स्थानीय तहलाई थप अधिकार दिने हो भने जनताको घरघरमा सेवा दिन सकिने उल्लेख गर्नुभएको छ ।
पालले लेख्नु भएको छ :
देश र जनताको लागि घाँडो बनेको प्रदेश संरचना खारेज भए धेरै राम्रो हुने थियो । जनताको लागि भन्दा पनि नेताको व्यवस्थापन ,नेताका आसेपासे पाल्नका लागि सम्झौता गरेको प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अझै बढी अधिकार सम्पन्न बनाइ जनताको घरघमा सेवा दिन सके उत्तम । एकपटक सोच्ने बेला भयो कि ?
केही दिन अघि एमालेकै पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले पनि संघीयता खारेजी गर्नु उपयुक्त बिचार सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको थियो ।





प्रतिक्रिया