अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महंगीको विरुद्ध युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

महंगीको विरुद्ध युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला


काठमाडौ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् ।
यस क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच ठेलमठेल भएको थियो । प्रहरीले आगो नियन्त्रण गरी युवा संघका कार्यकर्तालाई नियन्त्रणमा लिने प्रयास गर्दा केही बेर धकेलाधकेल भएको हो ।

प्रदर्शनको क्रममा युवा संघका नेता कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरे । उनीहरूले प्रदर्शनको क्रममा सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन लगायतका नाराबाजी गरेका छन् ।
पेट्रोलियम पदार्थसहित खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा पटकपटक मूल्यवृद्धिका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचित बन्दै आएको छ ।