अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अढाइ वर्ष देखि खाली उपसभामुख पदमा शुक्रबार निर्वाचन गर्ने तयारी

अढाइ वर्ष देखि खाली उपसभामुख पदमा शुक्रबार निर्वाचन गर्ने तयारी


काठमाडौ -संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ। स्रोतका अनुसार आजै उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।

शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित हुनुभएको थियो ।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो ।