अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति- लिउ भेटवार्ता

राष्ट्रपति- लिउ भेटवार्ता


काठमाडौ- नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ।
चारदिन अघि नेपाल आएका लिउसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपालको विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै यसको निरन्तरतामा जोड दिइन् ।
त्यस्तै सीपीसी नेता लिउले नेपाल सरकार र राजनीतिक दलहरूसँग सम्बन्ध बढाउन चाहेको बताउनुभएको छ ।

चार दिने भ्रमणका क्रममा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।