अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस बैठकमा प्रदेश खारेजीको माग

काँग्रेस बैठकमा प्रदेश खारेजीको माग


काठमाडौ -नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा प्रदेश र धर्म निरपेक्षता खारेजीको माग उठेको छ । आजको बैठकमा केन्द्रीय सदस्य भीम पराजुली र प्रकाश स्नेहीले हिन्दूराज्यको एजेण्डा बोकेर कांग्रेस अघि बढ्नु पर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीले वैदिक सनातन धर्मको मान्यता अनुरूप हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाएर कांग्रेसले धार्मिक स्वतन्त्रको पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

उहाँले धर्म निरपेक्षता खारेजीको एजेण्डालाई कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । बैठकमा लिखित माग राख्नु भएका पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्ने वा बलियो बनाउनेमध्ये एउटा विकल्प लिनुपर्ने बताउनुभयो ।