अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो : कृष्णभक्त पोखरेल

वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो : कृष्णभक्त पोखरेल


काठमाडौं – नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण बारे प्रश्न गर्नु भएको हो ।

सांसद कृष्णभक्त पोखरेल भन्नुहुन्छ, ‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ? विवाह गरेर आउने वित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ ? कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तिमा ४/५ वर्ष छ । विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।