अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम सहित ९ जना नेतालाई कारबाही गर्दै जसपाको संघीय परिषद अध्यक्षमा अशोक राई

बाबुराम सहित ९ जना नेतालाई कारबाही गर्दै जसपाको संघीय परिषद अध्यक्षमा अशोक राई


काठमाडौ -जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई हटाएर वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ।
वीरगन्जमा भएको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता राईलाई संघीय परिषद अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जसपा विधानमा संघीय परिषद अध्यक्ष र केन्द्रीय अध्यक्ष रहने व्यवस्था छ। बाबुराम भट्टराईले जसपा पुनर्गठन गर्ने गरी २८, २९ असारमा केन्द्रीय समितिको बैठक राख्नु भएको थियो ।

उपेन्द्रले भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेपछि राईलाई परिषद अध्यक्ष बनाउनु भएको हो । कारबाही गरिएका नेताहरुमा हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्। यस्तै रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पनि पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।

भट्टराईको प्रस्ताव अशोकलाई अध्यक्ष बनाएर जसपालाई सामुहिक नेतृत्वमा लैजाने थियो। तर, अन्तिम अवस्थामा राईले नै उनलाई साथ दिएनन्। उनी उपेन्द्रतिर खुलेका थिए।