काठमाडौ -पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने संकेत गर्नुभएको छ । करिब दुईवर्ष अघि मात्र उपेन्द्र यादवसाग पार्टी एकता गरेका यादव त्यहाँ लामो समय टिक्न सकनुभएन । पार्टीहित विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष समेत रहेक भट्टराई सहित नौ जना नेतालाई कारबाही गरेको छ ।
यादवको यो कदमको विरोध गर्दै गए राती भट्टराईले पार्टी पुनरगठनको प्रस्ताव गर्नुभएको छ । पुनरगठन भनेको नयाँ पार्टी बनाउने भएको नेताहरुले बताएका छन् ।
आन्तरिक विवाद केन्द्रीय समितिका बैठक नै अलग अलग बस्ने अवस्थामा पुगेकाले अब पार्टी पुनर्गठनको विकल्प नरहेको भट्टराईको विज्ञप्तीमा उल्लेख छ । त्यसका लागि तयार रहन उनले पार्टीका नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईले भन्नुभएको छ , ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं।’






प्रतिक्रिया