काठमाडौ- हिजो दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणाबीच भेटवार्ता भएको छ ।
‘ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रचण्ड र आरजुबीच के विषयमा कुराकानी भयो भनेर खुलाइएको छैन ।
प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रमा छ ।





प्रतिक्रिया