अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको उर्वर भूमीमा पहिरो,वीरगञ्जमा आज ६९ जनाले पार्टी त्यागे

जसपाको उर्वर भूमीमा पहिरो,वीरगञ्जमा आज ६९ जनाले पार्टी त्यागे


बीरगन्ज – जनता समाजवादी पार्टी जसपा फुटको असर जिल्ला र क्षेत्रमा देखिन शुरु भएको छ
। बीरगन्जमा केन्द्रीय कमिटीको बैठकको भोलिपल्टै बीरगन्जमा पत्रकार सम्मेलन गरि दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्य समेत परित्याग गरी सामूहिक राजीनामा दिएका छन्।

पर्सा जिल्ला को क्षेत्र न४ का केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेकबहादुर शाक्य, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, प्रदेश समिति सदस्य सलाउदीन अहमद,जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिनु भएको हो।

पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट सञ्चालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पूँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताए । उनले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरू हाबी हुँदै गएको र पार्टीका अरू नेता, कार्यकर्तालाई बेवास्ता गर्दै गएकाले राजीनामा दिनुपरेको बताए।
पार्टीलाई एकताबद्ध राख्न र विभाजनबाट जोगाउन आफूहरू लागिपरेको दाबी गर्दै केन्द्रीय सदस्य टेकबहादुर शाक्यले केही व्यक्तिहरूका कारण पार्टी कमजोर बन्दै गएको र फुटको सँघारमा पुगेको बताउनुभयो।