काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको छ ।
आज भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै उहाँले सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भएको हो ।
नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझै प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने अध्यक्ष दाहालले बताउनु भयो ।
अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताउनु भयो ।





प्रतिक्रिया