अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा. शेखर कोइराला

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा. शेखर कोइराला


नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा. कोइरालाले भन्नुभयो, ‘हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ। यति गर्न हामी श्रीलङ्का बन्दैनौँ।’

देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेको छ तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उहाँले भन्नुभयो ।

‘नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ,’ नेता डा.कोइरालाले भन्नुभयो, ‘सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ।’

भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले लेखेको ‘लय छुटेको समयु पुस्तक विमोचन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।