काठमाडौ- माओवादीका नेता एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिका उद्यत रहेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज भएको ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ बारेको छलफल कार्यक्रममा श्रेष्ठले आफ्नो स्वार्थका लागि अमेरिकाले नेपाली भूमी प्रयोग गर्नु र गर्न दिनु दुवै घातक भएकोे उल्लेख गर्नुभएको छ ।
श्रेष्ठले नेपालमा मेजोरिटीका रुपमा रहेका कम्यूनिष्ट पार्टीहरुलाई क्षतविक्षत पार्न पनि अमेरिकाको हात रहेको दाबी गर्नुभएको छ ।
कार्यक्रमका अर्को वक्ता जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले नेपाल भूराजनीतिको चपेटामा रहेको उल्लेख गर्नुभएको छ । उहाँले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्नु पर्ने भू राजनीतिक प्रभव नै रहेको ठोकुवा गर्नुभयो ।





प्रतिक्रिया