काठमाडौ -माओवादी नेता नारायणकाजी श्रेष्ठले चुनावमा वाम गठबन्धन गर्न एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित नेपालको भूराजनीतिक अवस्था बारेको छलफलमा श्रेष्ठले विगतका कमी कमजोरीलाई सच्याएर वाम तालमेल गरेर अघि बढ्न आग्रह गर्नुभएको हो । उहाँले नेकपा नटिक्नुमा आफू पनि भागिदार भएको भन्दै आत्मआलोचना गर्नुभयो । उहाँले १९ बुंदे ज्ञापनन पत्रकोे विषयमा पनि छलफल गरौंला तर अहिलेलाई वाम तालमेल गरेर अघि बढौं भन्ने प्रस्ताव गर्नुभएको छ ।





प्रतिक्रिया