काठमाडौँ – प्रवासी नेपाली मञ्च बहराइन राष्ट्रिय कमिटीको तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुक्रबार भएको अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा १४ सदस्य सर्वसम्मत रुपमा कमिटी गठन गरेको छ ।
श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष प्रेम बहादुर क्षेत्री, सचिव अमर श्रेष्ठ, उपसचिव चन्द्र गुरुङ, उपसचिव धनन्जय जोशी चयन गरेका छन् ।
त्यस्तै सदस्यहरुमा बलराम डागी, समन सिह थापा मगर, दिल बहादुर थापा, बिमला खड्का, रविन भुजेल, लक्ष्मी क्षेत्री, निम बहादुर विक, योमस कुलुङ र विश्व गुरुङ रहनुभएको छ ।
कार्यक्रममा नेता बस्नेतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनको राजनीतिक उज्वल भविष्यको कामना गर्नुभयो । उहाँले नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी समेत गराउनु भयो ।





प्रतिक्रिया