काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई आफ्नो बिचारमा पार्टीलाई सहमत गराउन आग्रह गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था, चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा माओवादी केन्द्रका नेता श्रेष्ठले नेकपाको एकता टिकाउ नहुनुमा आफ्नो पनि योगदान रहेको भन्दै आत्मआलोचना गर्नुभएको थियो । उहाँले अध्यक्ष ओलीलाई चुनावमा वाम तालमेल गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा आफ्ना भनाइ राख्दै अध्यक्ष ओलीले पार्टीलाई सहमत गराएर आउन नारायणकाजीलाई सुझाव दिनुभएको छ ।





प्रतिक्रिया