अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनका नाका खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नु परेको होइन र ? : अध्यक्ष ओली

चीनका नाका खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नु परेको होइन र ? : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू २०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिनुहुँदै नेकपा एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘चीनतिरबाट नाका खोलेवापत मैले पहिलोपटक प्रधानमन्त्रीबाट हट्न परेको होइन र ?’ अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘चीनबाट फर्केलगत्तै हटाउन क्याम्पियन चलेको होइन र ?’

२०२६ सालमा चेकपोस्ट हटाएवापत कृतिनीधि विष्टले सरकार छाड्न परेको स्मरण समेत गराउनु भयो । उहाँले भन्नुभयो, ‘१७ वटा चेकपोस्ट हटाएवापत २०२६ सालमा कृतिनिधिले छाड्नु परेको थियो। उत्तरतिरबाट बाटो खोलेवापद मैले २०७३ सालमा छाड्नु परेको थियो।’