अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनबाट बाटो खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नु परेको हो : अध्यक्ष ओली

चीनबाट बाटो खोल्दा मैले प्रधानमन्त्रीबाट हट्नु परेको हो : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू ०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको स्मरण गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे बोल्दै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘चीनतिरबाट नाका खोलेवापत मैले पहिलोपटक प्रधानमन्त्रीबाट हट्न परेको होइन र ?,’ अध्यक्ष ओलीले भन्नुभयो ‘चीनबाट फर्केलगत्तै हटाउन क्याम्पियन चलेको होइन र ?’
अध्यक्ष ओलीले ०२६ सालमा चेकपोस्ट हटाएवापत कृतिनीधि विष्टले सरकार छाड्नपरेको स्मरण गर्नुभयो ।

‘१७ वटा चेकपोस्ट हटाएवापत ०२६ सालमा कृतिनिधिले छाड्नुपरेको थियो,’अध्यक्ष ओलीको भनाइ छ ‘उत्तरतिरबाट बाटो खोले वापत मैले ०७३ सालमा छाड्नु पर्यो ।’