अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोही वामपन्थी हुनुहुन्छ ? एमालेसँग मिल्न आउनुहोस, देशका पक्षमा काम गरौं : अध्यक्ष ओली

कोही वामपन्थी हुनुहुन्छ ? एमालेसँग मिल्न आउनुहोस, देशका पक्षमा काम गरौं : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस पुच्छर हुनेहरु वामपन्थी हुन नसक्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित नेपालको भूराजनीतिक समस्या विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वाम गठबन्धन गर्ने भए पहिला काँग्रेसको साथ छोड्नु पर्ने उहाँले बताउनुभयो ।
‘ अध्यक्ष ओलीले भन्नुभयो नेपालमा वामपन्थी पार्टीहरू छन भने कांग्रेसका पछि नलाग्न, गठबन्धन तोड्न अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,।’
अध्यक्ष ओलीले शेरबहादुर देउवाको गठबन्धनको रक्षा पनि गर्ने वामपन्थी पनि हुने कुरा सुहाउदो नभएको बताउनुभएको छ ।
‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको रक्षा गरौँ अनि वामपन्थी? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भयो भन्नुहोस,’ ओलीको भनाइ छ , ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौं।’