काठमाडौं – जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित हुनु भएको छ । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याउनु भएको छ । लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
पौडेलसँगै बारको सबै पदाधिकारी डिएलबाट नै निर्वाचित भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी विजयी हुनु भएको छ । त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी महिला सदस्यहरुमा उमादेवी प्रसाई र गिता श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भएका छन्।





प्रतिक्रिया