काठमाडौं – भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्।
तीन दिने भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आइतवार दिउँसो भेटेका दाहाल मोदीलाई नभेटी फर्किन लागेका हुन्।
अध्यक्ष दाहालले आइतवार बिहान मोदीसँग खानासहित वार्ता गर्ने तयारी भएको उहाँको सचिवालयले जनाएको थियो। तर मोदीले कार्यव्यस्तता जनाउँदै प्रचण्डसँग भेट्ने योजना रद्द गरिदिएको एक स्रोतले जनाएको छ।
आइतबार बिहान प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गरेका थिए। प्रचण्ड आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।





प्रतिक्रिया