काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ ग्रहण गर्नुभएको छ ।
शुक्रवार निर्वाचित हुनुभएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शीतल निवासमा अपरान्ह ४ बजे उहाँले सपथ ग्रहण गर्नुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री शेरबहादुर देउवा,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।






प्रतिक्रिया