अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोदीसँग भेट नभए पनि मलाइ टेन्सन छैन : प्रचण्ड

मोदीसँग भेट नभए पनि मलाइ टेन्सन छैन : प्रचण्ड


काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट नभए पनि आफूलाई टेन्सन नभएको बताउनुभयो । भारत भ्रमणबाट काठमाडो झरेपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भेटघाटको तय भए पनि किन रद्ध भयो भन्ने आफूलाई केही थाहा नभएको बताउनुभयो ।

‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भन्नुभयो, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उहाँको भनाइ छ ।