अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनको तयारीका लागि एमालेको आजबाट प्रादेशिक प्रशिक्षण सुरु

आगामी निर्वाचनको तयारीका लागि एमालेको आजबाट प्रादेशिक प्रशिक्षण सुरु


आगामी निर्वाचनको तयारीका लागि एमालेको आजबाट प्रादेशिक प्रशिक्षण सुरु

काठमाडौं -नेकपा एमालेले आजबाट प्रादेशिक प्रशिक्षण सुरु गरेको छ ।
आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएका छन् । प्रदेश नं १ को प्रशिक्षणका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मधेसका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे विराटनगर र जनकपुर पुग्नु भएको छ ।
प्रशिक्षणमा स्थानीय तहको निर्वाचनबाट सिर्जित मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याइ आगामी चुनौतीलाई सहज रुपमा सामना गर्न सक्ने बनाउने विषयमा जानकारी गराइने छ । यसैगरी स्थान्ीय निर्वाचनको परिणाम विष्लेषण,यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरुले जनाएका छन् । एमाले प्रदेश १ का सचिव चिन्तन पाठकका अनुसार वर्तमान राजन्ीतिक शक्ति सन्तुलन,पार्टीको सार्मथ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पनि पार्टी नेताहरुले कार्यकर्तालाई प्रशिक्षित गर्नुहुनेछ ।
पार्टी र जनप्रतिनिधीको सम्बन्ध,समन्वय र स्थानीय तहबाटै समाजवादको आधार निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने पाठकले जानकारी दिनुभयो ।