अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ को नाम टुंगो लगाउन सभामुख भण्डारीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रदेश-१ को नाम टुंगो लगाउन सभामुख भण्डारीद्वारा सर्वपक्षीय बैठक आह्वान


विराटनगर – प्रदेश–१ को नामबारे छलफल गर्न प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको हो ।

दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

एमालेले प्रदेशको नाम कोसी राख्नका लागि छलफलमा प्रस्ताव राखेको छ। यसैगरी नेपाली कांग्रेस संसदीय दलले सप्तकोसी छलफलमा लगेको छ। यस्तै माओवादीले पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै आएको छ।