अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारसँग नेपाली जनता आजित र दुःखी भएका छन् ! : गोकुल बास्कोटा

गठबन्धन सरकारसँग नेपाली जनता आजित र दुःखी भएका छन् ! : गोकुल बास्कोटा


काठमाडौं – नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पाँच दलिय सत्तारुढ गठबन्धन सरकारका कारण जनता आजित भएका बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले राज्यका निकाय जनतालाई राहत र सहुलियत दिन बन्नु पर्नेमा त्यो हुन नसकेको बताउनुभयो । संघीयताको टायरमाथि टायर थपेर जनताले के पाउँछन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

काभ्रेमा बँदेल र बाँदरले किसानको बालीनाली नष्ट गरेको बताउँदै उहाँले त्यसमा सरकारको कुनै निकायको ध्यान नगएको बास्कोटाले बताउनुभयो । स्थानीय तहमा गयो प्रदेशमा देखाउने, प्रदेशमा गयो केन्द्रमा देखाउने र प्रहरीमा गयो नेतालाई सलामी हान्दै ठिक्क हुने अवस्था रहेको उहाँले बताउनुभयो । ‘जनताका चासोमा सरकारले ध्यान दिएन’, बास्कोटाले भन्नुभयो ।

संघीयताको विरोध गर्‍यो भने कान झिकिदिन्छ, आँखा फुटाइदिन्छु भन्ने जस्ता कुरा आएको सुनेको उहाँले बताउनुभयो । आन्दोलनमा पनि नउठेको, ल्याउनेलाई पनि थाहा नभएको र जनताले पनि उपभोग गर्न नपाएको संघीयताको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । राज्यका निकाय जनतालाई सेवा दिन बन्नु पर्नेमा त्यो हुन नसकेको बास्कोटाले बताउनुभयो । ‘जनताले संघीयता फेला पारेका छैनन्’, बास्कोटाले भन्नुभयो ।