अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले जनताको दु:ख देख्नै छाड्यो : विमला घिमिरे

गठबन्धन सरकारले जनताको दु:ख देख्नै छाड्यो : विमला घिमिरे


काठमाडौं – नेकपा एमालेका सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो ।

उहाँले किसानलाई खेतीबालीको बेला पनि सरकारले मल दिन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष वर्षातका कारण क्षति भएको किसानको अन्नबालीको अझै राहत यो सरकारले दिएको छैन ।’

सांसद घिमिरेले भन्नुभयो, ‘गत वर्ष किसानहरुले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो। त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्ने सम्मका कुराहरु सरकारले गर्न लगायो। तर, सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौँ। यो वर्ष धान रोप्नका मलसमेत दिन सकेन। यो सरकारले के काम गरिरहेको छ ? यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? जनताले थाहा पाउनै छोडिसके।’

सांसद घिमिरेले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाउनु भयो ।