अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावपछि यसरी बन्न सक्छ एमालेको बहुमतको सरकार

आगामी चुनावपछि यसरी बन्न सक्छ एमालेको बहुमतको सरकार


काठमाडौं – सत्य तितो र अप्रिय लागे पनि यथार्थ ओकल्नु बाध्यता बनेको छ। नेपाली जनता महान छन् । उनीहरूको चोखो र पवित्र भावनाको दुरुपयोग कसैले गरेको छ भने त्यो अवसरवादी र स्वार्थी नेतृत्वको कारणले भएको छ। नेपालमा जनअधिकार प्राप्तिको राजनीतिक आन्दोलनको बिजारोपणको इतिहास केलाउने हो भने सतक नजिक पुगेका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको जन्म पत्रिका पल्टाउदा खासै अन्तर छैन। नेपालमा भएका राजनीतिक आन्दोलनको सफलताको पछाडि तिनै महान जनता र कार्यकर्ताको सफलता लुकेको छ। आजका दिनसम्म आउँदा नेपालका कतिपय दलहरूले त्यसको सही मूल्यांकन गर्न चुकेका हुन वा नचाहेका हुन त्यो विश्लेषण गर्ने काम विश्लेषहरूको विषय हो । असफलताको पछाडि नेताको टयाग लगाएका छद्मरुपी स्वार्थी र अवसरवादी दलालहरू स्वदेशी जनताको लागि भन्दा पनि विदेशी मालिककै हितको खातिर काम गरेको पाइन्छ । पार्टीको कार्यक्रम र घोषणासहित राजनीतिक पार्टीको रूपमा नेतृत्व स्थापित गर्न र गराउनमा नेपाली जनता र कार्यकर्ताको अहम भूमिका रहेको छ ।

नेपालमा २००७, २०४६ र २०६२/६३को जनआन्दोलनहरूमा नेता र नेतृत्वको सफल कार्यकुशलतामा मात्रै नभएर साहसी र सक्षम कार्यकर्ताको भूमिकामा सफलता लुकेका छन् । हरेक समयका आन्दोलनका कालखण्डहरूलाई केलाउने हो भने नाकावधारी अवसरवादीहरूको कारणले मात्रै यहाँको आन्दोलन कमजोर भएको छ । त्यो पनि निस्वार्थी जनता र सक्षम कार्यकताको सफतालाई असफल नेता र नेतृत्वको स्वार्थी र अवसरवादी चरित्र नै दोषी रहेको पाउन सकिन्छ ।

क) पटक-पटक आन्दोलन पछाडि पर्नुको कारण के होला ?

आन्दोलन कार्यकर्ता र जनताको बलमा भएको हुन्छ । नेतृत्वले आप्mनो विचार कार्यकर्तामा राख्छ र त्यही कार्यकर्ताले त्यो विषयको आवस्यकता र औचित्य जनतामा पु¥याएर संवाद र सुसूचित गराए पछि नै त्यसले आकार ग्रहण गरेर सफलतामा पुगेका छन् जनआन्दोलनहरु । जब आन्दोलन सफलतामा पुग्दछ र त्यसको संयोजन र नेतृत्वको काम सानो घेराबाट सञ्चालन हुन थाल्दछ, त्यस पछि नै असफताको खुट्किलाहरूको काउनडाउन सुरू भएको पाइन्छ । त्यो हुनुको पछाडि पनि कारणहरू रहेका छन्। ती कारण हुन् आन्दोलन नै पराईको हित र स्वार्थका लागि हुनु र देशको समृद्धिको लागि राजनीतिक–आर्थिक कार्यक्रमहरू कहिल्यै दिगो रूपमा विस्तार नहुनु, अरूले गरेका राम्रा र असल कामको अनुकरणमा भन्दा असफलता र विध्वंस वा विघटनमा मात्र भविष्य खोज्नु, अवसरवादी चरित्र र नातावाद कृपावादका साथमा भक्तहरूको खोजी गरेर भगवान बन्ने सपना देख्ने महान भुल र पुगेपछि कुर्सी केन्द्रित राजनीति नै असफलताका मुल कारणहरू हुन् । यसैलाई नै बीपी कोइरालाले भन्नुभएको छ– ‘आन्दोलनको समयको नेतृत्व सक्षम र निस्वार्थी नेतृत्वले गरेको हुन्छ, जव आन्दोलन सफल हुन्छ तब नेतृत्वमा सुकिलामुकिला र नवधनाढ्य अवसरवादीहरूको पहुँचमा पार्टीमा प्रवेश गरेर नेतृत्व तहमा कब्जा जमाउने छन् र नै आन्दोलको उद्देस्य र मर्म  विपरित जनभावना विपरित कमजोरी आउनेछन्।’

नेतृत्वको वरिपरी घुमेर गणेश प्रवृति भएका र गनगनेहरू जताबाट पनि सेवासुविधाहरू कुम्ल्याउन चाहने सुकिलामुकिला टिपटप अमरेहरू र झुत्रेझाम्रे किशेन्द्र शाहीहरू एउटै हुन सक्तैनन् ।

वास्तवमा कति यथार्थ र पारदर्शी विश्लेषण बीपीको । आन्दोलनमा भिड्ने मर्ने मार्ने र मारिनेहरू, जेलनेल भोगेकाहरू र भूमिगतमा रहेर कठोर परिश्रमका साथ काम गरेकाहरूलाई विभिन्न बहानामा किनारा लगाउने काम भएका छन् । एउटा सानो उदारणीय रिपोर्टलाई अध्ययन गर्ने हो भने २०४६ सालको जनआन्दोलन अगाडिसम्म भूमिगत कालमा नेकपा माले पार्टीको कार्यकर्ता र नेतृत्वको भूमिकामा ६२ जिल्लामा भुमिगत रूपमा झापालीहरू रहेको तथ्यांङ्कमा सुनिएको थियो । तिनको सुझबुझपूर्ण नेतृत्वमा जनआन्दोलन सफल भयो । त्यसपछि स्वत नेतृत्व तहबाट विस्थापन भयो । जहाँ वैचारिक नेतृत्वलाई विस्थापन गरिन्छ त्यसपछि नै असफल र असक्षमतामा रुपान्तरित हुन पुग्छन् कमिटी र कार्यकर्ताहरू । के उद्देष्यले आन्दोलनको उठान भएको थियो र त्यसको बैठानको दायित्वबाट उनीहरूलाई क्रमशः अनेक बहानामा वञ्चित गरिएपछि त्यसको परिणाममा प्रभाव परिनै हाल्दछ। नेतृत्व  जहिले पनि त्यही अवसरवादमा रमायो । सामदाम दण्डभेदधारीलाई पार्टीमा प्रवेश गराईयो। अवसरवादलाई प्राथकितामा राखेर काम गरेपछि परिणामको प्रकृतिमा असफलता हात पर्नु त्यसकै पणिणाम हो। परिणाम पछि त्यसको दोष धर्तीमाता सरहका जनता र कार्यकर्तामा खोट खोज्न सुरू गरेको पाइन्छ । आन्दोलन असफलताको पछाडिको मुल कारण नै नेतृत्वको स्वार्थी गुटपरस्त धारणा जिम्मेवार रहेको छ । नेकपा एमालेको गत स्थानीय तहको निर्वाचनको परिणाम राजनीतिक वर्ग चिन्तन विहीनताको उपजको परिणति हो । त्यसको अन्त्य गर्दै देशमा भएको गठबन्धन विरुद्धमा नयाँ सक्षम र सफल योग्य अनुहारहरू उम्मेद्वारीको सिफारिसका लागि नेतृत्वको नजरमा पर्नु पर्दछ ।

ख) एमालेले आगामी निर्वाचनपछि एमले यसरी सरकारमा हुनेछ

जनता र देशका लागि बुद्धि पु¥याउने एकमात्रै राजनीतिक पार्टी नेकपा एमाले हो । देशको भिजन भएको पार्टी मात्रै एमाले हो । यो देशमा कुनै पनि राजनीतिक दलहरूले गर्न नसकेको राजनीतिक, सामाजिक-आर्थिक कार्यक्रमको सफल नेतृत्व र विकासको काम पनि यही पार्टीले मात्र गर्न सक्ने रहेछ भन्ने धेरै उदाहरणहरूको परिणामहरू खोज्न कतै जानु पर्दैन । २०५१ साल अघि र २०५१ साल पछिको नेपालको आ–आफनै गाउँघरमा बाटाघाटा, स्कूल, पार्टी पौवा लगाायतलाई अध्ययन गरे पुगिहाल्दछ । नेपालको सफल राजनैतिक नेतृत्व गर्ने काम र त्यसको सफल नेतृत्व पनि यही पार्टीले गरेको छ र अब पनि गर्न सक्नेछ। आगामी मंसीर ४ पछि एमालेले बहुमतको सरकार बनाउनका लागि उम्मेद्वार छनोट नै मुल आधार हो । देउवाको धैर्यता रहेको भए प्रतिपक्ष भनेकै वेटिंङ्ग सरकार हो भनेर बुझ्नुपर्ने हो । भोका जुका जस्ता नेता र नेतृत्वले न देश चलाउन सके न त अरूलाई दिए । असहिष्णु संस्कृतिको सधैंभरि शिकार भएको छ नेपाली राजनीति । त्यसका लागि पनि नेतृत्वको असक्षम दोषी चश्मा भने बदल्नु जरmरी रहेको छ ।

सफल गन्तव्यको सफलता पछाडि कुशल ड्राइभर वा पाइलटको आवश्यकता हुन्छ । वर्तमान नेतृत्वमा एमालेमा रहेका कैयौं स्वार्थी र अवसरवादीहरूबाट अमर लामाहरूलाई गाडी हाक्ने जिम्मा दिएर त्यसको दोष हेडक्वाटर, तलका कार्यकर्ता र जनतामा थोपरेर पार्टी अध्यक्ष समक्ष गलत रिपोर्ट पेश गरेर पानी माथिको ओभानो हुने अवस्थामा रहेका छन् । यस समयमा पार्टीको हेड क्वाटरलाई बिना हिच्किचावट भन्नु पर्दछ आगामी निर्वाचनमा अमरहरूले नै टिकट दिलाउन सिफारिस गरेमा वा टिकट पाएमा यो पार्टीको भविष्यको आकलन गर्न कठिनाई हुनेछ ।

तर त्यो नभई वत्र्तमान परिस्थितिमा सुधार भई २०४६/४७ अघिका पार्टीको सक्षम नेतृत्व सो पछि २०४३/४४ सालका जनपक्षीय समयका २०४९ देखिन २०५९ सम्म जनप्रतिनीधिहरूमध्येबाट पनि सक्षम योग्यलाई र त्यो पनि नभए पार्टीको विभिन्न तहमा रहेर काम गरेकाहरूमध्येबाट जनप्रभावित, सक्षम, योग्य र क्षमता भएका पूर्व प्राप्त भूमिकालाई सफलिभूत बनाएका र बढी कार्यकर्ता बीचमा स्थापित विचार प्रवाह निर्वाह गरेर राजनीतिक र सामाजिक काममा जनअनुमोदित भएर सफलताको सक्षम बाटो पार गरेका किशेन्द्र शाहीहरू जस्ता पाइलटलाई चिनेर नेतृत्वमा ल्याउने पहिचानको खुबी हेडक्वाटरले राख्न सक्नु पर्दछ। नेतृत्वको वरिपरी घुमेर गणेश प्रवृति भएका र गनगनेहरू जताबाट पनि सेवासुविधाहरू कुम्ल्याउन चाहने सुकिलामुकिला टिपटप अमरेहरू र झुत्रेझाम्रे किशेन्द्र शाहीहरू एउटै हुन सक्तैनन् ।

पार्टी हेडक्वाटरले ध्यान दिनुपर्ने विषय अर्को पनि रहेको छ। त्यो हो– छोराले बाबुको सही मूल्यांकन कहिल्यै पनि गर्न सक्तैन, यदि बाबुको मूल्यांकनको जिम्मेवारी दिने हो भने त्यसको पनि बाबु वा आमालाई दिएर मात्रै सही मूल्यांकनको परिणाम आउनेछ। जीवन भरमा कुनै पनि तहको समेत जनमतमा असफलता भोगेकाहरूले जनअनुमोदित भएकाहरूको सफल र सक्षम हुने जनप्रतिनिधिहरूको सिफारिस गरेर निर्वाचन परिणाम गुलियो र रसिलो आउला भनेर परिणामको अपेक्षा गर्नु अर्को महाभूल हुन सक्छ । पार्टीमा लागेका ईमान्दार कार्यकर्तालाई करोडौं रकमको डिमाण्ड आतंकको हाउगुजीे पछाडिको रहस्य, र निर्वाचनमा धनवाद र डनवादको पक्षधरताले नेपाली राजनीतिको सफलता चुम्ने सपनाको पछाडि नै गम्भीर रहस्य लुकेको छ । झापाको कैयौं स्थानको स्थानीय तहको निर्वाचन २०७९ को परिणाममा यसको अनुहार टड्कारो देख्न सकिन्छ । असफतालाई सफल बनाउने र सफलतालाई असफल बनाउने खेल हामी भित्रको गलत चिन्तन र व्यवहारको परिणाम हो ।

के २०४८ सालमा भएको संसदको निर्वाचनमा धनवादी र डनवादीले गर्दा मेची अञ्चल चार जिल्ला, एमालेको लाल किल्ला बनेको हो त ? होइन, राजनीतिमा इमान्दारिता, साहस, निस्वार्थता र कत्र्तब्य निष्ठताको आवश्यकता पर्दछ । नेपालका राजनीतिक दलहरूले जनमतको खरिद बिक्रीको सपना देख्ने काम नै अत्यन्त गलत रहेको छ । धनवाद नै प्रमुख हुन्थ्यो भने मोहनलाल अग्रवाल, नरेन्द्र खनाल, गोपाल चन्द्रसिहहरूका अगाडि द्रोणाचार्यहरू उदाउने थिएनन् । शरदचन्द्र शाहहरू र भिम गौचनहरूका अगाडि जागृत र प्यासीहरू जन्मने थिएनन् । जातियता र लिङ्गियताको चिन्तनले पद्मरत्नहरू पद्मरत्न हुने थिएनन् । यो लेखकले चार वर्ष अगाडि नै सरकार र पार्टीको ट्रयाक क्लियर नहुँदा बालेन, साम्पांङ्ग र हमालहरू जनताले जन्माउने संकेत नेतृत्व तहमा गरिसकेको थिए, जो आज सत्य सावित भएको छ । म फेरि पनि भन्दछु दोषको भारी अर्कालाई बोकाएर सफलाको शिखर चढ्न सकिंदैन, सफलताको शिखर चुम्ने हो भने असफलताको पछाडि मुख्य रूपमा रहेका आफ्नै कमिकमजोरीहरू लुकेका हुन सक्छन्, त्यसको सही पहिचान नभएसम्म कहिल्यै पनि लक्षमा पुग्न चुकिरहनु पर्ने हुन्छ । ती निःस्वार्थ चक्षुले दृष्यावलोकनको र अवलोकनको आबश्यकता मात्रै रहेको हुन्छ भन्ने लेखकीय ठहर छ ।

ग) कसरी बनाउन सकिएला आगामी निर्वाचनबाट एमालेको पुनःसफल सरकार ?

वर्तमान गठबन्धन देशद्रोही र विकास बिरोधि मात्रै नभएर यो विदेशीहरूको नेपाली एजेण्ट हो । यसले देशको साख बोक्न सक्ने क्षमता राख्तैन । यो भ्रष्ट र गन्तव्यहीन पातकी अवसरवादीहरूको गठबन्धन हो। यसले देश र जनताको लागि रत्तिभर पनि काम गर्न यसको जन्म भएको होइन भन्ने जगजाहेर भएको विषय हो। यसलाई किन ल्याएको थियो र यसलाई अझै पालेमा भविष्यमा देशले के कस्ता हर्कत ब्यहोर्नु पर्ला भन्न अब गाह्रो छैन । केपी शर्मा ओली सरकारले प्रतिगमन ग¥यो भनेर आरोप लगाउने काम कागले आफनो नाम आफै भनेको जस्तै हो । एमसीसी, एसपीपी, नागरिकता विधेयक नै यसका काफी उदारणहरू हुन् । यसलाई यो निर्वाचन पछि विस्थापन गर्नु फलामको चिउरा चपाउनु सररहनै हुनेछ । तर कसरी सम्भव गर्न सकिएला त पार लगाउने काम नै मुल विषय हो । हरेक नेतृत्वको असफलता पछाडिको विजय र सफलता जनतामा अन्तर नीहित रहेको हुन्छ भन्ने कुरा हामीले विर्सनु हुँदैन । जनता जहिले पनि अग्रगमनको पक्षमा रहेर आमुल परिवर्तन चाहन्छन् भने नेतृत्व पश्चगमनको आप्mनो निहित स्वार्थमा चुर्लुम भएका कारणले जनताले दलको साथ छोडेका उदारणहरू छन् । एउटा नेतृत्वसँग भड्केको जनता अर्को सक्षम र सफल परिचित नेतृत्व पाएमा अझै पनि वलिदान गर्न तयार रहेको हुन्छ । यो एउटा विशेष खुवी र क्षमताको आवश्यकता पर्दछ । जो वर्तमान हेडक्वाटरको सारथीहरूको भरमा मात्रै यो सम्भावना खोज्न सकिंदैन । त्यसका लागि त असम्भव लाग्ने बोल्ड राजनीतिक निर्णयको खाँचो पर्दछ। त्यो क्षमता पार्टिका श्रद्धेय अध्यक्ष तथा निवत्र्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर निहित रहेको छ । जसका लागि निम्न बुँदागत सुझाव राख्दछु । जसले साझा प्रकाशनको महाप्रवन्धकमा मेरो सिफारिस हुँदा मलाई असक्षम देखेका थिए तिनलाई मेरो सफलता कहाँ रहेको रहेछ, केमा लुकेको रहेछ भन्ने अनुभूति गराएको छु । मैले अरु केही समय पाएको भए त्यसको फोहोर आजको भन्दा सफा हुने थियो । नेकपा एमालेको आगामी २०७९ मंसिर ४ गते पछाडि देश हाक्न सक्ने सरकार बनाउने र प्रतिगमनकारी गठबन्धन परास्त गर्ने हो भने तपसिलका विचार अग्नायेस्त्र पनि हुन सक्तछन् भन्ने मेरो ठहर छ ।

१) यो सत्य हो विगतमा सासदको टिकट पाएका जितेका वा हारेका जो भए पनि तिनैलाई हेडक्वाटरका ईमान्दार योग्य र सक्षम, भ्रष्टाचारबाट मुक्त रहेका आर्थिक चलखेलमा नफसेकाहरूमध्ये भित्रबाट पार्टीको प्राकृतिक नेतृत्वको गतिशीलताको लागि मात्र दश (१०) प्रतिशतमा नबढाउने गरी टिकट दिने र अन्य पार्टीका सबै नेतृत्वले मैदानमा बसेर मातहतलाई परिचालन गर्ने, उपत्यकाको बसाई सबैले सकेसम्म चाँडो भन्दा चाच्डो परित्याग गरी मंसिरको पहिलो हप्ता पछि परिणाम सहित फर्किने आआप्mना निर्वाचन क्षेत्रहरूमा जाने र नेतृत्वको बिचमा होइन जनसाधारणको साथमा उनीहरू सँगै सहकार्यमा जुट्ने जुटाउने काम गर्ने । नयाँ र निस्कलंकित नेतृत्वहरूलाई जनताको बिचमा स्थापित गर्ने ।

२) विगतमा नेकपा माले र एमाले कालमा राजनीतिक र सामाजिक कामको सफल नेतृत्व गरेका सक्षम पार्टीका नेता र जनप्रतिनीधिहरू, पार्टीमा महत्वपूर्ण काम गरेका योगदाताहरूमध्येबाट ४० देखि ५० प्रतिशतलाई टिकट वितरण गर्ने, जसका कारणले “लेमेन”ले पनि राजनीतिमा सामाजिक न्यायको महसूस गर्न सकोस र मेरो वर्गिय प्रतिनीधित्व भएको छ भनेर पनि आत्मबोध महसूस गरोस्, निर्वाचनमा ज्यूज्यान दिएर परिचालन रहोस् ।

३) बाँकी ४० प्रतिशत माथि महिला र सिमान्तकृत वर्गबाट छानियोस र टिकट दिइयोस् । त्यस भित्रमा पनि १० प्रतिशत बौदिक र विषय विशेषज्ञता र १० प्रतिशत जाती भूगोल धर्म संस्कृति भित्र रहेर नयाँ-नयाँ अनुहारको प्रवेशका लागि गरिएको साहसिक निर्णयले एमालेमा नयाँ रक्त संचार हुनेछ र जनतामा भएको सबै निरासाको अन्त्य हुन गई आगामी दिनमा अख्तियार गरिने प्रतिवद्धताको पनि सार्वजनिकीकरण गरिनु पर्दछ । ९० प्रतिशत निस्कलंकित अनुहारहरु जनतामा जाने वातावरण बनेमा पार्टीको विजयलाई कसैले पनि एमालेको सरकार बनाउने काम रोक्न सक्तैन । राजनीतिक व्यक्तित्वहरू पनि बाच्नु पर्दछ, तर वर्तमान परिस्थितिको व्यापारिक मानसिकताबाट पार्टीलाई मुक्त गर्न सकिएन भने धेरै केसजंगहरूको जन्म भइरहने र पुस्पलालहरू निरन्तर किनारामा पु¥याइने कामले नदेश बन्नेछ न त पार्टीको सक्षमताले जननिरासामा क्लिक गर्नेछ ।

त्यसैकारण पार्टीको पुनः निर्माण र विकासको लागि एक ऐतिहासिक साहसिक दुरदर्शी राजनीतिक निर्णयको खाँचो रहेको छ ।  त्यसपछि बन्नेछ आरामले एमालेको पुनः बहुमतको सरकार । यसका लागि मेरा होइन हाम्राको अभियानको खाँचो छ । के यो विचार नेतृत्व तहमा रहेकाहरुलाई सुपाच्य रहला ? हेरौ भविष्यले नै यसलाई बताउनेछ, नेकपा एमालेको सुदृढिकरण र विकास वा विनास । सबैलाई चेतना भया !