आज ह्याप्पी फ्राइडे, एउटा रमाइलो प्रोग्राम गरौ कि ? सधै किताब मात्र कति पढ्ने ? कक्षा सञ्चालनकै क्रममा प्रस्ताव राखेँ । आहा क्या मज्जा । नानी(बाबुहरुले मेरो बोली भुइमा के खसेथ्यो खुशीले उफ्रन पो थाले । आफू कुन प्रोग्रामको गर्ने, हाजिरी जवाफ, चित्रकला, अन्ताक्षरी लगायतका कार्यक्रमका बारेमा सोच्न थालेँ । झट्ट सम्झें गाउँघर मात्र होइन मुलुकभर तिजको माहोलले तातिएको छ। पारिवारिक रुपमा मात्र होइन संस्थागत ढंगले तीजको दर खाने तयारीमा छौ । यो प्रचलन क्रमशः सँस्कृतिको रुपमा समेत विकास भएको छ । यसैक्रम आज हामी दर खाएर नाचगान गर्ने कि निर्णयार्थ प्रस्ताव राखेँ । नानी बाबुहरु खुशीले गदगद भए । सबैले हो मा हो मिलाए । पूर्वी मोरङको उर्लाबारी २ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा ०७९ सालको तीजपर्वको लहर आएरै छाड्यो।
पूर्व योजना अनुरुप सररमेम हरुको सकृयतामा तीजको दर पाक्यो। बालबालिकाहरूले रमाइलो मानीमानी नियमित खाजाको सट्टामा खीररढकनेको दर खाए । बाल क्लबकै सकृयताले स्टेजमा कार्यक्रम तयार भयो। नाचगानको भब्य माहोल बन्यो। उद्घोषकले उद्घोषण गरे। सहभागी विद्यार्थीहरु तँछाड मछाड गर्दै सामुहिक नृत्यमा सरिक बने । कक्षा (४ मा अध्ययनरत बालिका एस्मिन गुरुङले टेलिभिजनमा देखिएको डगी डान्सलाई जस्ता कै तस्तै अभिनय गरेर माहोल झनझन तताईन् । हामी शिक्षकहरू लाजले भुतुक्कै भयौं । मिस मेडम हरु सलले मुख छोपेर लुसुक्क बाहिरिनु भो । बालबालिकाहरु भने रमाइलो मानीमानी उफ्रिरहेका थिए। कार्यक्रम बन्द भयो। आफू सोचमग्न भएँ , मनमा कुरा उठी रहे ।
ु हाम्रो हिन्दू सँस्कारमा नारीको महत्व ज्यादै छ । हरेक शुभकर्ममा पञ्च कन्याको रुपमा नारी पुजिन्छन् । कन्या कुमारीहरु साक्षात् देवीका प्रतिमूर्ति भएकोले हरेक कार्यको स्वागतम् नारीकै अघुवइमा गरिने छ । नारीहरू कुमारी नरहे पनि देवी अवस्य हुन । लक्ष्मी, सरस्वती, दुर्गा,चण्डीका ,गौरी पार्वती लगायतका सती सावित्रीहरु साक्षात् देवीका स्वरूप हुन् । जसलाइ प्राणी र समस्त जगतको रक्षाको प्रतिक मानिन्छ । नभन्दै सीताले विश्वलाई आदर्शको पाठ सिकाएको इतिहास हाम्रो सामु छँदैछ । ु ( लाग्यो जगतमा नारीको महिमा अपार छ ।
ु भनिन्छ, जुन घरमा नारीको सम्मान हुन्छ त्यहाँ लक्ष्मि र सरस्वती दुबैको वास रहन्छ । र नै समस्त परिवारको भाग्य चम्किन्छ । जुन परिवारमा नारीमाथि अन्याय अत्याचार र शोषण हुन्छ त्यो घर नरक समान हुनेछ। यसर्थ नारी हिंसा गर्नु भनेको राक्षसी पन मात्र होइन दारिद्रताको पराकाष्ठा हो । नारी हिंसाका कारण देवतालाई समेत दैत्यकरण गरिदिनेछ ।
नेपाल पुरुष प्रधान मुलुक भएकै कारणले नारीहरूले चाहे जति स्वतन्त्रता पाउन सकेका थिएन छन् । यद्यपी, समयको गति सगैँ नारी स्वतन्त्रताका आवाज उठे , जसकारण उनीहरूको अवस्थामा परिवर्तन आयो । राज्यले नारीमैत्री कानुन बनायो। फलतः आज राज्य सञ्चालनको प्रमुख ओहोदा र हैसियतमा नारीको अस्तित्व रहेको छ ।
हरेक ब्यक्तिसँग विचार, कला र सँस्कृति हुन्छ , जसलाई स्वतन्त्र ढंगले अभिब्यक्त गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । हाम्रो प्यारो सँस्कृति गहना हो , राष्ट्रको पहिचान हो । यद्यपी, सँस्कृतिको नाममा कथम् विकृति भित्र्याइयो भने त्यो मुलुकका निम्ति अभिषाप पनि हो । हरितालिका तिजको यो अवसरमा हरेक नारिले आफ्ना पतिको दीर्घायुको कामना गरी उपवास बस्ने प्रचलन छ । माता पार्वतीले यो ब्रत बसेर भगवान शिवको उपासना गरी आफ्ना मनकामना पूर्ण गरेको पौराणिक कथा छ । सोही परम्पराअनुसार हिन्दू नारीहरूले आफ्नो पतिको दीर्घायुको कामना गर्दै एक दिवसीय हरितालिका ब्रत बस्ने परम्परा रहेको छ । समापन अघिरपछि दरको रूपमा सात्विक मिष्ठान्न भोजन ग्रहण गरेर मनोरञ्जन समेत गर्ने चलन छ । तर , सँस्कृति र परम्पराकै बहानामा महिनौअघि देखि तामासी भोजन ग्रहण गरी अझ मदिराको मातमा श्लिलरअश्लिल नृत्य प्रदर्शन गर्नु कति हदसम्म सान्दर्भिक रहला रु अझ कलाकारीताको नाममा यो अश्लिलताबाट भावी पुस्ताले के शिक्षा पाउलान् र भोलिको समाज कुन दिशा तर्फ धकेलिएला ? सवाल स्वत ः उत्तरित छ । सीता माता र भृकुटीका आदर्शताको खिल्ली उडाउँदै आफ्नो कामुकताको नाङ्गो प्रदर्शनका परिदृश्यले समाजले अझ कस्तो प्रतिविम्बन् पाउला ? कुरा मनन् योग्य छ । हरेक नारीहरू समग्र पुरुषका आमा मात्र होईनन् छोरी पनि हुन् । दिदी(बहिनी हुन् । माईजु हुन् । भाउजु, बुहारी र पत्नीलगायत जीवन संगिनी हुन् । यसर्थ अश्लिलतालाई नारीले त दबाउन सक्नु पर्छ।
पर्वका नाममा पहिरने पाश्चात्य फेसनको अन्त गरिनु पर्दछ । यसले त समाजलाई भड्किलो बनाई दिनेछ । सर्वसाधारणका निम्ति भड्किलो समाज अभिषाप बन्ने निश्चित छ । यस्ता गतिविधि कतै भएरगरेमा आदर्श नारीले त विरोध र बहिस्कार गर्न सक्नु पर्छ। तबमात्र सभ्य समाजको सृजना हुनेछ। तर, नारीका अश्लिल चरित्रले उनलाई साक्षात् देवी चण्डी होइन अर्कै उपाधि दिलाएर कामुक पुरुषलाई उत्तेजित बनाउने छ । अन्ततोगत्वा नारी अस्मितामाथी संकट आउने मात्र होइन समाजमा दिन दहाडै बलात्कार हुनेछ र ढाकछोप खातिर पुनः हत्या हुनेछन् । बलात्कार पछि हिंसा र हत्याका यी परिघटनाहरु बारबार आइरहने छन् । किमार्थ सिंगो समाज मुकदर्शक बनीरहनेछ । यसर्थ, चेलीबेटीहरुको महान पर्व, तीजको रमाईलो लहर आफ्नो चरित्रकै कारणबाट समाजको कहर नबनोस् कामना छ ।
प्रतिक्रिया