काठमाडौं-मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्। बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे हाे।
उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ। २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो।
झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।






प्रतिक्रिया