पोखरा- जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुन पोखरा विमानस्थलमै फर्किएको छ।
आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए।
‘पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार इन्डिकेसन समस्या देखिएपछि जहाज पुन पोखरा विमानस्थलमै फिर्ता गरिएको हो । , ‘दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको छ’ सुवेदीले भन्नुभयो ।






प्रतिक्रिया