धरान-धरानका मेयर हर्क साम्पाङ धरान बजारमा पानी ल्याउन सफल हुनुभएको छ । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै उहाँले खुसी साट्नु भएको हो ।
स्थानीय तहको निर्वाचनमा मेयर साम्पाङले धरानमा पानीको समस्या समाधान गर्ने बाचा गर्नुभएको थियो । उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ । सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’






प्रतिक्रिया