अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद अधिवेशन अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस


काठमाडौँ – सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक स्रोतले जानकारी दिएको हो । यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानून संशोधनको प्रयास गरेको थियो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २-३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।