अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्ने


काठमाडौं – प्रतिनिधिसभाको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनुभएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले पनि सम्बोधन गर्ने सचिवालयले जनाएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बोल्ने नबोल्ने तय भइसकेको छैन ।

यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताउनुभयो । आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।