अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र गठबन्धनलाई मंसिर ४ गते जनताले जवाफ दिनेछन् : केपी शर्मा ओली

सरकार र गठबन्धनलाई मंसिर ४ गते जनताले जवाफ दिनेछन् : केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार र गठबन्धनलाई मंसिर ४ गते जनताले जवाफ दिने बताउनु भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार र गठबन्धनलाई मैले केही भन्न चाहान्न,नेपाली जनताले मंसिर ४ मा जवाफ दिनेछन् ।’

संसद् र संसदीय मर्यादाको वास्ता नगरेर चल्ने काम भए यी सबे कुरा लोकतन्त्रलाई कमजोर पार्ने खालका सरकारले अहिले बाध्यताले चुनाव घोषणा गरेको बताउँदै उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले त चुनाव घोषणा गर्नैपर्‍यो नि, नत्र त चुनाव भनेको त गठबन्धनले सुन्ने नहुने कठै !’

स्थानीय तह चुनावमा सत्ताकाे चरम दुरुयाेग भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘म सरकारलाई भन्न चाहान्छु लाेकतन्त्रभित्र लाेकतान्त्रिक मूल्य मान्यताभित्र त्यस्ता कुरा पर्दैनन् ।’

निर्वाचन आयाेगलाई सत्ता पक्षबाट लतारिएर नचल्न उहाँले चेतावनी दिनुभयाे । कसैले पनि सरकारी दमनमा पर्न नपराेस् भन्ने शुभकामना पनि अध्यक्ष ओलीले दिनुभयाे ।