अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सरकारले सम्पन्न गरोस् : अध्यक्ष ओली

निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सरकारले सम्पन्न गरोस् : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उहाँले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताउनु भये ।

उहाँले भन्नुभयो, ‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो। निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु– निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् .’

अध्यक्ष ओलीले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई म भन्न चाहन्छु । अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो। हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन ।’