सिरहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् ।
जसपाका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह, लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजिनामा दिएका हुन् ।
जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजिनामा दिएको जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले बताउनुभयो । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजिनामा गर्नु परेको उहाँले बताउनुभयो ।
जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उहाँले गुनासो व्यक्त गर्नुभयो । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताउनुभयो ।
सामूहिक राजिनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए ।






प्रतिक्रिया