अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसमा शेखर गुटले दबाब बढाउदै,आज पनि भेला डाकियो

काँग्रेसमा शेखर गुटले दबाब बढाउदै,आज पनि भेला डाकियो


काठमाडौं – निर्वाचनमा उम्मेद्वारको मनोनयन गर्ने मिति नजिकि पनि काँग्रेस भित्र गुटको आगो झन् झन् सल्किदै गएको छ ।

शेखर कोइराला गुटले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सभापति शेरबहादुर देउवा विरुद्ध गुट भेला राखेको छ ।
आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिनुभएको छ । घिमिरेका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनीहरुको सूची संसदीय समितिमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल हुने नेता घिमिरेले जानकारी दिनुभयो ।