अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ प्रतिनिधिसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा (सूचीसहित)

यस्तो छ प्रतिनिधिसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा (सूचीसहित)


काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका उम्मदेवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने छन्। विभिन्न पाँचवटा क्लष्टर छुट्याएर निर्वाचन खर्चको सीमा तोकिएको छ।

मतदाता संख्या बढी भएका ठाउँमा बढी खर्च गर्न पाइने छ। त्यस्तै मतदान केन्द्रको संख्या र भौगोलिक क्षेत्रफलका आधारमा समेत खर्चको सीमा फरक–फरक छुट्याइएको छ।

मतदाता संख्याका आधारमा खर्चको भार ६० प्रतिशत तोकिएको छ भने मतदान केन्द्रको संख्याका आधारमा २० प्रतिशत खर्चभार तोकिएको छ। त्यस्तै भौगोलिक क्षेत्रफलका आधारमा खर्चको भार २० प्रतिशत तोकिएको छ।

१६५ निर्वाचन क्षेत्रका उम्मेदवारले गर्न पाउने खर्चको सीमा यस्तो छ–

२५ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
काठमाडौं १, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७ र काठमाडौं ८ 

२७ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
तेह्रथुम, पर्सा १, पर्सा २, पर्सा ३, रसुवा, काठमाडौं २, काठमाडौं ४, काठमाडौं ५, काठमाडौं ९, काठमाडौं १०, भक्तपुर २, ललितपुर १, ललिलपुर २, ललितपुर ३, मनाङ, कास्की २ र रुकुम पूर्व।

२९ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
झापा १, झापा ४, मोरङ ४, मोरङ ५, मोरङ ६, सुनसरी ३, सुनसरी ४, उदयपुर २, सप्तरी १, सप्तरी २, सप्तरी ३, सप्तरी ४, सिराहा १, सिराहा २, सिराहा ३, सिराहा ४, धनुषा १, धनुषा २, धनुषा ३, धनुषा ४, महोत्तरी १, महोत्तरी २, महोत्तरी ३, महोत्तरी ४, रौतहट १, रौतहट २, रौतहट ३, रौतहट ४, बारा २, बारा ३, बारा ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङजा २, मुस्ताङ, बाग्लुङ १, बाग्लुङ २, गुल्मी २, पाल्पा १, पाल्पा २, रुपन्देही २, रुपन्देही ३, रुपन्देही ४, कपिलवस्तु ३, बाँके २, बाँके ३, नवलपरासी (पश्चिम) १, नवलपरासी (पश्चिम) २, दैलेख १, दैलेख २, अछाम १, अछाम २, कैलाली १, कैलाली २, कैलाली ३, कैलाली ५, कञ्चनपुर १, कञ्चनपुर २ र कञ्चनपुर ३।

३१ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
इलाम १, इलाम २, झापा २, झापा ३, झापा ५, भोजपुर, धनकुटा, मोरङ १, मोरङ २, मोरङ ३, सुनसरी १, सुनसरी २, ओखलढुंगा, उदयपुर १, सर्लाही १, सर्लाही ३, बारा १, सिन्धुली १, सिन्धुली २, धादिङ १, धादिङ २, नुवाकोट १, सिन्धुपाल्चोक १, सिन्धुपाल्चोक २, चितवन १, चितवन ३, कास्की ३, तनहुँ १, तनहँु २, स्याङजा १, नवलपरासी (पूर्व) १, नवलपरासी (पूर्व) २, म्याग्दी, पर्वत, गुल्मी १, रुपन्देही १, रुपन्देही ५, कपिलवस्तु १, कपिलवस्तु २, दाङ २, दाङ ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १, सुर्खेत २, रुकुम पञ्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा।

३३ लाखसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्र
ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक १, काभ्रेपलाञ्चोक २, मकवानपुर १, मकवानपुर २, गोरखा १, लम्जुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १, बर्दिया २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी।

हेर्नुहोस् निर्वाचन क्षेत्र, मतदाता संख्या, क्षेत्रफल, मतदान केन्द्र र खर्चको सीमा