अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेताहरु अध्यक्ष ओली निवास बालकोटमा

राप्रपा नेताहरु अध्यक्ष ओली निवास बालकोटमा


काठमाडौं – नेकपा एमालेसँग चुनावी तालमेलको सहमति टुंग्याउन राप्रपाका शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राप्रपाको निर्देशक समितिका प्रमुख डा. प्रकाशचन्द्र लोहनी लगायतका नेता बालकोटमा पुग्नुभएको हो ।

राप्रपासँग अध्यक्ष ओलीकै तहबाट धेरै विषय टुंगिसकेकाले अब कुन कुन क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने भन्ने मात्र बाँकी रहेको छ ।

राप्रपासँग एमालेको देशव्यापी तालमेल नहुने र केही क्षेत्रमा एमालेको सहयोगले राप्रपा जित्ने तथा राप्रपाको सहयोगले एमाले जित्ने गरी मात्र आंशिक तालमेल हुने बताइएको छ ।

झापा र रुपन्देहीमा एमाले-राप्रपा तालमेल गर्ने भएका छन् । त्यस्तै चितवन ३, नुवाकोट २, सिन्धुपाल्चोक २, धादिङ १ लगायतका क्षेत्रमा पनि राप्रपाको मतले एमालेलाई सहज हुन सक्ने अनुमान छ ।

एमालेले राप्रपाका कुन कुन नेतालाई समर्थन गर्ने भन्ने टुंगो आजै लाग्ने बताइएको छ । राप्रपाले अध्यक्ष लिङ्देनसहित, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, नेता दीपक बोहोरालगायतलाई एमालेको समर्थनको अपेक्षा गरेको छ ।