अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिता न्यौपाने : प्रचण्डका ज्वाइँसँग लड्ने एमालेकी सिपाही

रिता न्यौपाने : प्रचण्डका ज्वाइँसँग लड्ने एमालेकी सिपाही


विराटनगर – मोरङ क्षेत्र नम्बर-६ ‘क’मा एमालेले नेतृ रिता न्यौपानेलाई उम्मेदवार बनाएको छ। उहाँ मोरङमा टिकट पाउने एमालेकी एक मात्र महिला नेतृ हुनुहुन्छ।

मोरङ क्षेत्र नम्बर-६ ‘क’ त्यही क्षेत्र हो, जहाँ प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य उम्मेदवार हुने निश्चित छ ।

२०७४ सालको निर्वाचनमा प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतान्तरले पराजित हुनुभएको थियो । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित हुँदा आचार्यको पक्षमा २१ हजार ४७० मत परेको थियो ।

एमालेमा नागेश पोखरेल र न्यौपानेबीच टिकटको दाबी रहँदा एमालेले न्यौपानेलाई नै पठाएको छ ।

टिकट पाएपछि न्यौपानेले आफ्नो जीत निश्चित रहेको दाबी गर्नुभयो ।

मोरङ ६ ९क०मा बुढीगंगा गाउँपालिका, सुन्दर हरैंचाको वडा नम्बर २ र ७ तथा विराटनगर महानगरपालिकाको वडा नम्बर ४ पर्दछ ।

न्यौपाने एमाले बुढीगंगा ईञ्चार्ज हुनुहुन्छ । उहाँकै नेतृत्वमा पार्टी चुनावमा जाँदा गएको चुनावमा ८ हजार मत आएको थियो ।

न्यौपानेले बुढीगंगाको स्थानीय बासिन्दा, सुन्दरहरैचा र विराटनगर ४ मा स्थानीय चुनावमा एमाले निर्वाचित भएकाले आफ्नो जीत निश्चित रहेको बताउनुभयो ।

२०५६ सालदेखि एमाले राजनीतिमा सक्रिय न्यौपाने अनेमसंघ मोरङ सचिव, एमाले बुढीगंगा गाउँपालिका कमिटी ईञ्चार्जदेखि नेपाल जेसिज, डोरितान संघ जस्ता सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ । नेमुवामा निजी विद्यालय सञ्चालन गरिरहनुभएकी न्यौपानेले राजनीति, सामाजिक सेवा र शैक्षिक क्षेत्रका हर नागरिकको मतबाट आफूले जित्नेमा ढुक्क हुनुहुन्छ ।