अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठानमा एमालेबाट संघमा सूर्य थापा, प्रदेशमा शर्मा र रिजाल

प्यूठानमा एमालेबाट संघमा सूर्य थापा, प्रदेशमा शर्मा र रिजाल


प्यूठान – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापालाई प्यूठानमा संघमा उम्मेदवार बनाएको छ।

प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस हुनुभएको थियो ।

नेता थापालाई पार्टीले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आउनुभएका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

प्यूठानको प्रदेश प्रत्यक्षतर्फ (क) बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र (ख) बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल उम्मेदवार हुनुभएको छ ।

नेता रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विकास मन्त्रीसमेत बन्नुभएको थियो ।  

गठबन्धन दलबाट जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको नाम संघमा सहमति भए पनि कांग्रेसकै नेताहरूले विरोध जनाएका छन् ।

प्रदेशमा माओवादी र कांग्रेसले एक एक सीट पाउने भए पनि व्यक्तिको टुंगो लागि सकेको छैन । ।