अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ १ : संघीयमा डा.पाठक, प्रदेशमा हिरा र नवराज

बागलुङ १ : संघीयमा डा.पाठक, प्रदेशमा हिरा र नवराज


बागलुङ – चित्रबहादुरको जिल्लामा नेकपा एमालेले प्रदेशसभाको एउटा क्षेत्र बाहेक उम्मेद्वारको टुंगो लगाएको छ । क्षेत्र नं. २ को प्रदेशको एक क्षेत्रमा केहीबेरमा उम्मेद्वार फाइनल हुने जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।
क्षेत्र नं १ मा भने संघीय साँसदका लागि ड.सूर्य पाठकलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ । यसैगरी प्रदेशतर्फ १ क मा जिल्ला अध्यक्ष हिराबहादुर केसी र ख मा नवराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय भएको पार्टी केन्द्रले जनाएको छ । पाठकले २०७४ मा संघीय निर्वाचन जित्नु भएको हो । यसैगरी केसी हाल जिल्ला अध्यक्ष हुनुहुन्छ । केसी जिल्ला अध्यक्ष भएपछि अन्य पार्टीबाट एमाले प्रवेशको लहर बागलुङमा व्यापक भएको थियो । पौडेल केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्छ ।

यो क्षेत्रबाट गठबन्धनका उम्मेद्वार चित्रहादुर केसी हुनुहुन्छ । एमालेका युवा उम्मेद्वारहरुको आगमनले चित्रबहादुरलाई थप चुनौति थपिएको स्थानीबासिन्दा बताउछन् ।