काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्य अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिंदा उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेको छ ।
एमालेले पार्टी प्रवेश गर्नुभएका मियालाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने तयारी छ।






प्रतिक्रिया