अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारी दर्ताका लागि बाबुराम भट्टराईसँगै गोरखा जाँदै प्रचण्ड

उम्मेदवारी दर्ताका लागि बाबुराम भट्टराईसँगै गोरखा जाँदै प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार उम्मेदवारी दर्ताका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगै गोरखा जाने भएका छन्।

अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ बाट लड्ने निर्णय गर्नुभएको हो ।

बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुरामसँगै गोरखा जाने जानकारी दिनुभयो ।

निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।

हेर्नुहोस् उम्मेदवारी दर्ताको कार्यक्रम