अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज


काठमाडौं – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ता आज (असोज २३ गते) हुँदै छ। 

आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ। 

समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रकृया यसअघि नै सुरु भैसकेपनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज सुरु हुन लागेसँगै निर्वाचनको माहोल तातिएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदैछ र यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ ।