काठमाडौं-नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले प्रतिनिधिसभा निर्वाचनको लागि रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । गठबन्धनका दलको समर्थनमा उम्मेदवारी दिन लागेको भुसालले बताउनुभयो ।
आइतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।
तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताउनु भयो । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उहाँले केही खुलाउनु भएन ।






प्रतिक्रिया