काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लाग्नु भएको हो ।
०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित हुनुभएको थियो । कांग्रेसले काठमाडौं १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ५ मा प्रदीप पौडेल, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ ।






प्रतिक्रिया