अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाराबाजीसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा महेश बस्नेत

नाराबाजीसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ मा उमेदवारी दर्ता गर्नुभएको छ ।

नेता बस्नेत मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको छ । कार्यकर्ताको चर्को नाराबाजी तथा हुटिङका साथ उहाँ उम्मेदवारी दिन पुग्नुभएको हो ।

कार्यकर्ताहरूले नेता बस्नेतको पक्षमा चर्का नारा लगाइरहेका छन् । अघिल्लो निर्वाचनमा पनि विजयी हुनु भएका बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध मैदानमा खडा भएका हुन् ।