अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुर–१ मा राप्रपाबाट सिंहको उम्मेदवारी दर्ता

मकवानपुर–१ मा राप्रपाबाट सिंहको उम्मेदवारी दर्ता


मकवानपुर – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको उम्मेदवारीमा सन्दीप सापकोटा प्रस्तावक र गोपी प्रसाद न्यौपाने समर्थक छन् ।

उहाँ स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगर प्रमुखमा पनि उम्मेदवार बन्नुभएको थियो । उपमहानगर प्रमुख पदमा उहाँले २० हजार ५३१ मत प्राप्त गर्नुभएको थियो ।